७ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलः चितवन ,लुम्बिनी, र कर्णाली ,पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन।

लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन्।

मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected