२६ आश्विन २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

चितवन राइनोजले  दियो सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य

२३ मङ्सिर,  काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ ।

आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको योगफल दिएको हो ।

चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।

रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा सहयोगमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected