७ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो । यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ ।

जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेको हो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुगेको  छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो ।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected