१४ कार्तिक २०८२, शुक्रबार
अन्तर्वार्ता प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता

२१ मङ्सिर, काठमाडौँ । चीन भ्रमणममा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको हो ।

भेटवार्तामा पूर्वप्रधानमन्त्री खनालले आधुनिककरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गरे । चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुगेका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सिजीटीएन)सँग अन्तर्वार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गरेको थियो ।

पूर्वप्रधानमन्त्री खनाल यही मङ्सिर २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected