१४ कार्तिक २०८२, शुक्रबार
अर्थ कर्णाली जीवनशैली मुख्‍य समाचार समाचार समाज

बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

१९ मङ्सिर, मुगु । पछिल्लो  समय मुगुका कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । पछिल्लो समयमा सोरुगाँउपालिका,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राबिधिक सहयोगमा सोरुगाँउपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरु बेमौसमी तरकारी खेतीमा आकर्षित भएका हुन् ।

मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग,रायो,पालङ्गो साग खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छिन् ।

बेमौसमी तरकारी खेतीबारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस(प्लाष्टिक हाउसभित्र तरकारी लगाउन सिकाएपछि मुनदेबी लगायत अन्य कृषकले हिजो आज तरकारी खेती गर्दै आइरहेका छन् ।

तरकारीको भाउ पाउने ग्रिनहाउसमा आएर प्रति मुठासागको १० देखी २०रुपैयां मूल्य पाउँदा घरमा बिहान बेलुका हरीयो तरकारी समेत खान पाउँदा   तरकारी तर्फ आकर्षित भएको उनले बताइन्।  उनले भनिन् , ‘बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चालाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु’। उनले टनेल घरमा गोलभेंडा, फर्सी, रायो, सुईसाग फर्सी, लगायतका तरकारी लगाएकी छिन्।

तरकारी खेतीबाट वर्षमा  माशिक १५,२० हजारसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको  भनाई छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् ।

काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानहरुको भनाई छ ।

बिशेष गरी सस्थाको कार्यक्षेत्र अन्तरगत समुदायमा गठन गरीएको समुहबाट छनोट परेका गरिब,अपांगता ,एकल महिला,पिछडिएका बर्षहरुको आयआर्जन गर्नको लागि विगत लामो समयदेखी शिक्षा,स्वास्थ्य रोजगा,आयआर्जनको लागि विभिन्न तालिम गोष्टी लगायतका क्षेत्रमा शिक्षा दिँदै आएको ग्रामीण सामुदायिक संस्थाका प्रमुख बासु सावलले बताए ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected