१७ कार्तिक २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएल : विराटनगर किंग्स १२७ रन बनाएर अलआउट

काठमाडौँ । मार्टिन गप्टिलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भयो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा गप्टिलले ४३ बलमा ५५ रन बनाए । न्युजिल्यान्डका पूर्व ओपनर उनले ७ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा उनले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरि आफ्नो अर्धशतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा हर्ष ठाकरले उनलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराए ।

विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गरेका थिए । बमले ५ रनमात्र बनाउन सके । अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाउन सके । ओमानका पूर्व कप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लु आउट गरे । गप्टिल र इल्यास बाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

निकोलस कृतन ९, राजेश पुलामी १, प्रतिष जिसी २, बसिर अहमद र सन्दीप लामिछाने समान ७ तथा क्रिस सोल ४ रनमा आउट भए । आफ्ना क्यानेडियन कप्तान कृतनलाई ठाकेरले बोल्ड गरेका थिए । जितेन्द्र मुखियाले खाता खोल्न सकेनन् । अनिल खरेल ७ रनमा अविजित रहे ।

जनकपुरबाट ललितले ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चे । ठाकेर र किशोर महतोले २–२ तथा मोहसिन र माइकले १–१ विकेट लिए । ठाकेरले ४ ओभरमा २२ र किशोरले ३ ओभरमा १८ रन खर्चे ।

एनपीएल हेर्न बिहानदेखि नै दर्शक कीर्तिपुरमा ओर्लिएका थिए । कीर्तिपुर मैदानको खुल्ला प्यारापिट सबै भरिभराउ छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected