१८ कार्तिक २०८२, मंगलवार
अर्थ कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स–एज

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स–एजबीच प्रायोजन सम्झौता भएको छ ।

रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स–एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स–एक नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बन्न इच्छा देखाउनुभएकोमा एक्सएजलाई धन्यवाद व्यक्त गरे । एक्सएजका निर्देशक सवार्थियाले सुदूरपश्चिम रोयल्स एनपिएलमा निकै चर्चित रहेको र साथ दिन पाउँदा खुसी व्यक्त गरे । उनले सुदूरपश्चिमका समर्थकका लागि एनपिएल दौरान विशेष योजना पनि ल्याउने जानकारी दिए ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected