२९ मंसिर २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

१४ मङ्सिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ ।

कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज यहाँ आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गरे ।

कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् । त्यसैगरी टोलीको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हयात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा भारतका शिखर धवन रहेका छन् । वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका छन् भने धवन आज साँझ नेपाल आइपुग्ने छन् ।

त्यसैगरी टोलीको अन्य खेलाडीमा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन् ।

कर्णालीले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक खेलाडीका रूपमा छनोट गरिसकेको छ । युनिस हाल संयुक्त अरब इमिरेट्समा चलिरहेको यु–१९ टोलीमा एसिया कप खेलिरहेका छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किग्ंस र जनकपुर बोल्ट्सबीच हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected