१० माघ २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ ।

नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । ’नेपालमा एनपिएल हुनु एकदम सुखद समाचार हो । सुदूरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं । एनपिएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने हाम्रो चाहना हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने शुभकामना दिन चाहन्छौं,’घिमिरेले भने ।

रोयल्सका सिइओ खड्काले नेपालीहरुको साझा ब्राण्ड रोयल्ससँग जोड्न पाउँदा खुसी व्यक्त गरे । उनले संस्थाले नेपाली क्रिकेटमा गरेको लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected