१० पुष २०८२, बिहीबार
अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलको ८ अंकको अग्रता

 

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ८ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा साउथ ह्याम्प्टनमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै ३ अंक थपेको थियो ।

खेल अघि शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको लिभरपुलले साउथ ह्याम्पटनलाई पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । लिभरपुलले १२ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भने २३ अंक रहेको छ ।

आइतबार राति लिभरपुललाई जिताउन इजिप्टियन खेलाडी मोहमद सलाहले २ गोल गर्दा डोमोनिकले १ गोल गरेका थिए ।

साउथ ह्याम्पटनका लागि एडम आमस्ट्रोङ र मेटस फर्नान्डेसले एक एक गोल थपे। साउथ ह्याम्पदनको मैदानमा पाहुना टोली लिभरपुलले ३० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि डोमोनिकले पहिलो गोल गरेका थिए ।

तर, ४२ औं मिनेटमा आमस्ट्रोङले गोल गरेपछि साउथह्याम्पटन पहिलो हाफमै बराबरी गर्दै खेलमा फर्किएको थियो । ५६ औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली साउथह्याम्पटनले २–१ को अग्रता लियो ।

त्यसपछि निराश भएका लिभरपुल समर्थकलाई सलाहले उत्साहित बनाएका थिए । उनले ६५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा पेनाल्टीमार्फत सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः लिभरपुल ३–२ को नतिजा आत्मसाथ गर्दै ३ अंक थप्न सफल भयो ।

पराजित भएको  साउथ ह्याम्पटन भने पुच्छारमा छ । लिभरपुलको जीतमा नायक रहेका मोहमद सलाहलाई क्लब छाड्न नदिन लिभरपुलका समर्थकले दबाब सिर्जना गरेका छन् । लिभरपुलमा यो सिजन पछि नरहने सलाहले बताइसकेका छन् । तर, लिभरपुलको उपाधि यात्रामा उनको अभाव हुने भन्दै समर्थकहरुले सलाहलाई जसरी पनि एनफिल्डमै राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा इप्सविच टाउन र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेलेका छन् । मार्कस रासफोर्डले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, ४३ औं मिनेटमा इप्सविच टाउनका लागि ओमारी हटिनसनले बराबरी गोल गरे । प्रिमियर लिगमा युनाइटेड १२ औं र इप्सविच १८ औं स्थानमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected