१३ कार्तिक २०८२, बिहीबार
कर्पोरेट खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक

९ मङ्सिर,  काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरेका हुन् । यस ट्रफीलाई “युनिटी ट्रफी“नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको विशेष सरप्राइज थियो ।

लोगो उद्घाटन  गर्दै मन्त्री लेखकले भने, ‘म यो खेलको ठुलो प्रशंसक हुँ। जब म हुर्किरहेको थिएँ, त्यतिबेला अरू खेलहरू उपलब्ध थिएनन्, र कबड्डी नै मेरो पहिलो खेल थियो। मैले खेलको सुरुवात यहीबाट गरेको हुँ । नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु ।’

लोगो सार्वजनिकसँगै फ्रान्चाइज शहरहरूको नाम पनि सार्वजनिक गरिएको छ । नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रान्चाइज शहरहरूको नाम सार्वजनिक गरिएको छ । ती शहरहरू हुन् काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भने, ‘हामी लगभग एक वर्षपछि लोगो सार्वजनिक गर्दैछौं, यो क्षणका लागि म अत्यन्तै उत्साहित छु ।यो लिग नेपाली खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।’

कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected