१७ कार्तिक २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

६ मङ्सिर,  काठमाडौं । भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो ।

पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९.५ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै सिरिज नै जित्न सफल भयो ।

पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको पारि खेले । त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए । आकाश प्रभावकरको ब्याटबाट १८ रन बनको थियो ।

नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे । सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए ।

१९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो । नेपालको जीतमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट पारि खेले । उनले १ छक्का र ७ चौका प्रहार गरे ।

यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा १ छक्का र ६ चौका हिर्काए । यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको पारि खेले । अन्त्यमा नरेन भट्ट १८ रनमा नटआउट रहे ।

कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए । अन्तिम खेलमात्रै त्रिवि क्रिकेट मैदानमा भएको हो । यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected