१४ कार्तिक २०८२, शुक्रबार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

काठमाडौं । एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो कर्जा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षको असार मसान्तयता यस्तो कर्जा १७.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

१ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ । असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ । यो वर्गको कर्जा वृद्धिदर पनि उच्च छ । असार मसान्तयता यो सीमाको कर्जा २५.१ प्रतिशत बढेको छ ।

असार यता यो कर्जा ३.१ प्रतिशत बढेको छ । २५ लाखमुनिको कर्जा ७ अर्ब ३९ करोड प्रवाह भएको छ । असार मसान्तयता यो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र