१९ कार्तिक २०८२, बुधबार
पर्यटन प्रवास मुख्‍य समाचार समाचार समाज

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्यो सम्मान

काठमाडौं ।  सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । सोमबार गैरआवासीय संघ (एनआरएनए) ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो ।

गैरआवासीय संघले यसरी पहिलो पटक सम्मान गर्दा आफू निकै खूसी भएको शेर्पाले बताए । उनले हाम्रो नेपाललाई विश्वका सामू यसरी नै चिनाउन पाउनु गर्वको विषय भएको बताए ।

उनले भने, ‘विभिन्न आरोहीहरुले यसरी नै ठूलाठूला हिमाल आरोह गरेर नेपाललाई  विश्वसामु चिनाएको छ । गैरआवासीय संघले यसरी पहिलो पटक सम्मान गर्दा म निकै खूसी छु ।  हाम्रो नेपाली आम नागरीक बाहिर जानु भएकाहरुलाई फेरी पनि हाम्रो  नेपालको बारेमा चिनाउन पाउँ । विश्वसामु हाम्रो नेपाल पहिलेको भन्दा धेरै नै विकसित भएको छ भन्न चाहन्छु ।’

यसैगरी गैरआवासीय संघ एनआरएनका अध्यक्ष बद्री केशीले ८० लाख नेपालीलाई प्रतिनिधित्व गर्ने यो संस्थाको झण्डालाई सगरमाथाको शिखरमा पुर्याएर पेम्बा रिता शेर्पाले हामी सबैको शिरलाई सगरमाथामा पुुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले १४ पटक सगरमाथा चढेर गैरआवासीय संघको झण्डा फरफराएर सम्पूर्ण गैरआवासीयहरुको शिरलाई ठाडो पारेको बताएका हुन् ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected