२७ आश्विन २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

२ मङ्सिर, युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार विहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गारेको गोल नै निर्णायक भयो । बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औं मिनेटमा यार्डेन शुवाले गोल गरेका थिए ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका शुवाले बेल्जियमका डिफेन्डर माटे स्मेट्सको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए ।  यो जितसँगै इजरायलले समूह ए२ मा चार अंक जोड्दै बेल्जियमसँग बराबरी गरेको छ ।

जीत निकाले पनि इजरायल नेसन्स लिगको शीर्ष श्रेणीबाट भने घटुवा भएको छ । सेप्टेम्बरमा भएको खेलमा बेल्जियमले इजरायललाई ३–१ ले पराजित गरेकाले हेड–टु–हेडका कारण बेल्जियम तेस्रो स्थानमा रहँदै घटुवा हुनबाट भने जोगिएको छ ।

इजरायल विरुद्धको खेलमा बेल्जियमका रोमेलु लुकाकु, अमाडु ओनाना, युरी टिलेमान्स चोटका कारण मैदान बाहिर रहे भने केभिन डि ब्रुएनलाई विश्राम दिइएको थियो । खेलको पहिलो हाफमै लिएन्ड्रो ट्रसार्ड पनि घाइते भएपछि टोली थप कमजोर देखिएको थियो ।

इजरायलले आफ्ना खेल हंगेरीको बुडापेस्टस्थित बोझसिक एरिनामा खेल्दै आएको छ ।  आफ्नो देशमा जारी सुरक्षा समस्याका कारण नेशन्स लिगका सबै खेल इजरायलले विदेशमै खेल्नुपरेको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected