२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

चार संसदीय समितिको बैठक बस्दै

३० कात्तिक, काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार, प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बिहान ११ : ३० बजे  बस्ने कानुन समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन बारे छलफल हुने भएको छ ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ । १ ः १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने छ ।

त्यसैगरी दिनको १ः०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने छ ।

बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।