१३ माघ २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाज

इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

३० कात्तिक, काठमाडौं । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार शुक्रबार विहान सकिएको लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ११ औं मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । टोनालीको पहिलो अन्तर्राष्ट्रिय गोल पनि रहेको छ ।

खेलको सुरुमै जियोभानी डि लोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए ।

युईएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ ।

बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले विफल बनाएका थिए । यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । उक्त खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected