१३ माघ २०८२, मंगलवार
पर्यटन मुख्‍य समाचार समाज

सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामाथि -याफ्टिङ

२९ कात्तिक, काठमाडौं । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि ¥याफ्टिङ गरिएको छ ।  सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक बढाउने उद्देश्यले ¥याफ्टिङ गरिएको हो ।

ललितपुरको बागमति गाँउपालिका–६ को वडाध्यक्ष नारायण भोम्जनले बागमतीको सभ्यता जोगाउन र पर्यटक बढाउन राफ्टिङ सुरु गरेको बताए ।

बिहीबार बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट राफ्टिङ् सुरु गर्दै उनले यो कार्यक्रमले काठमाडौं उपत्यकाको स्थानिय तहलाई पनि झकझक्याउन बताए ।

उनले भने, ‘यो हाम्रो बागमतीको सभ्यता र भविष्यमा बागमती खोला सरसफाई अभियान सँगै बागमति गाँउपालिकामा पर्यटकलाई कसरी भित्राउने भन्ने बारेको लागि र बागमति गाँउपालिकाले काठमाडौं उपत्यकाको स्थानिय तहलाई झक झकाउनको लागि पनि यो कार्यक्रम राखेको हो ।’

राफ्टिङको लागि तीन वटा बोट लगिएको भएतापनि त्यसलाई चलाउने जनशक्तिको कमि भएको कारण २ वटा मात्र सञ्चालन भएको हो ।

आजको कार्यक्रममा २, ३ सय जति सहभागिहरु छन् । राफ्टिङ बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट सुरु भएर बागमति गाँउपालिका वडा नं ४ आश्रङको लुग्नी व्यासीसम्म पुगेर सम्पन्न भएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व