१३ माघ २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाज

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

२५ कात्तिक, विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।

विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले ०–० को अग्रता लिएको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनाएको थियो । विराटनगरकालागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २० रन, टिका साहले १६ रन सानु राजवंशीले १२ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ३ विकेट लिँदा साक्षी यादवले पनि ३ विकेट लिइन् ।

१ सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी प्लेयर अफ म्याच टिका साहले ४ विकेट लिइन् । उनले १ दशमलव ५ बलमा २ रन दिएकी थिइन् । त्यस्तै सुवेक्षा लिम्बुले २ विकेट लिइन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected