१२ मंसिर २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाज

गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

२५ कात्तिक, गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गरे । उसले यस्ता प्रतियोगिताले खेलाडीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नगरप्रमुख महर्जनले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै अनुशासन जितभन्दा महत्वपूर्ण हुने धारणा राखे । आगामी मङ्सिर १५ गतेदेखि नगर वडा फुटबल प्रतियोगिता सुरु हुने जानकारी दिँदै उसले खेलाडीको हित र खेलकुद पूर्वाधारको विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख मुना अधिकारीले आयोजक र प्रतियोगी टिमलाई शुभकामना दिँदै यहाँबाट राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । गोदावरी–१ का वडाध्यक्ष श्रीराज थापाका अनुसार प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् ।

स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः रु ५० हजार, रु २५ हजार, र रु १५ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै रु दुई लाखसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

आयोजक समितिका संयोजक सुमन आचार्यले प्रतियोगिताको पहिलो दिन तीन खेल भएका बताए । पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो । दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो । तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected