१३ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय खेलकुद समाज

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले खेलेको पछिल्ला चार खेलमा लगातार पराजयको सामना गर्नु परेको हो ।

शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ अल्बिओनभसँग २–१ गोलको हार व्यहोर्न पुग्यो । सिटीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन असफल भएको थियो ।

सिटीका लागि पहिलो गोल २३औं मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गरेका थिए ।  तर ब्राइटनले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । जोआओ पेड्रोले ७८औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यसैगरी म्याट ओरिलिले ८३ औं मिनेटमा गोल गर्दै खेल ब्राइटनको पक्षमा ल्याए । पेप ग्वार्डियोलाको कोचिङ करियरमा यो उनको पहिलो पटक लगातार चार खेलमा पराजय भएको हो । जसले सिटीलाई शीर्ष स्थानको दौडमा पछि पारेको छ ।

ब्राइटनसँगको पराजयले म्यानचेस्टर सिटीलाई ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा राखेको छ । शीर्ष स्थानको लिभरपुलले एस्टन भिल्लालाई हराउँदै सिटीलाई पाँच अङ्कले पछि पारेको छ । ब्राइटन भने १९ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

फुलहमले लन्डनका प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै तालिकामा सातौं स्थानमा चढेको छ । बन्टफोर्डले बर्नमाउथलाई ३–२ ले हराउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेको छ ।

वुल्भ्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै साउथह्याम्प्टनलाई २–० ले हराउँदै तालिकाको तल्लो स्थानबाट बाहिरिएको छ । पाब्लो साराबियाले दोस्रो मिनेटमै गोल गर्दै वुल्भ्सका लागि प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन् । यसैगरी, वेस्ट ह्याम युनाइटेड र एभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected