१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाज

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

२३ कात्तिक, रामपुर (पाल्पा) । जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो ।

पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका ‘राइडर’ सहभागी छन् ।

बिहान ६:०० बजे प्रारम्भ भएको साइकलयात्रा तानसेन, भैरवस्थान, लिस्नु भिर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेन पुगेर समापन हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल रानीमहल दरबार, भैरवस्थान मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, देवदत्तपार्क, लिस्ने भिरलगायत धार्मिक क्षेत्रको परिक्रमा गरिने सङ्घका अध्यक्ष रुपेश महर्जनले बताए ।

यात्रामा १४ वर्षदेखि ६५ वर्षसम्मका राइडर सहभागी छन् । सहगाीमध्ये दुई जना अपाङ्गता भएका, एक जना महिला र एक जना विदेशी नागरिक छन् । साइकलयात्राले साहासिक खेलको विकासका साथै पाल्पाको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उसको विश्वास छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व