१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाज

वैदिक ज्ञान विश्भवर फैल्याउन नेपालले नेतृत्व गर्न सक्छ’

२३ कात्तिक, काठमाडौँ । वैदिक दर्शनको ज्ञान विश्वभर फैलाउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिइएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनका वक्ताले यसमा जोड दिएका हुन् । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले नेपाल योग, ध्यान र शान्तिको गुरु देश बन्नसक्ने भएकाले त्यसअनुरुप काम गर्नुपर्नेमा जोड दिए । यसका लागि नेपाललाई वैदिक राष्ट्र बनाउनुपर्नेमा उसको पनि जोड थियो ।

फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले कृषि, आवास आदि क्षेत्र सपार्नका लागि वैदिक ज्ञानले भनेअनुसारका कर्म गर्नुपर्नेमा उसको जोड थियो । शुक्रबार वैदिक कृषि र शनिबार वैदिक वास्तुका बारेमा महासम्मेलनमा छलफल गराइने उसले बताए ।

कार्यक्रममा आचार्य राजन शर्मा (भीमसेन सापकोटा), आर्युवेदका चिकित्सक डा सरिता श्रेष्ठलगायतले नेपाललाई विश्वका देशको गुरु देश बनाउन सकिने भएकाले त्यसतर्फको यात्रामा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए ।

महासम्मेलनको आज कार्यक्रममा वैदिक कृषि र शनिबार वास्तुशास्त्रका बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा विश्व कल्याणका लागि अतिरुद्र महायज्ञ बिहीबारदेखि सुरु भएको छ । फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा वैदिक विज्ञान र आधुनिक विज्ञानका बारेमा प्रस्तुतिसहितका कार्यक्रमका बारेमा छलफल भएको उसले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व