१३ माघ २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाज

खजे दुराको ४९ औँ स्मृति दिवस मनाइयो

२२ कात्तिक, सुन्दरबजार (लमजुङ) । ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँ स्मृति दिवस बुधबार मनाइएको छ । दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ ।

सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभइ सिङ्गो लमजुङलाई गर्व गर्ने मौका मिलेको बताए । दुराको योगदानको कदर र सम्मानमा राज्य स्वयम्ले चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

खजे पार्कलाई पुरातत्त्वसँग जोडेर यसको ऐतिहासिक, सामाजिक, र आर्थिक महत्व बढाउन प्रतिबद्ध रहने मन्त्री गुरुङको भनाइ थियो । सो अवसरमा पार्कलाई व्यवस्थित बनाउन र दुराको पूर्ण कदको सालिक निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।

दुरा र उसको समूहले घले राजाबाट आजित भइ विक्रम संवत् १५५० मा पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याइ जशभुं (यशोब्रह्म) शाहलाई राजगद्दी गराएको इतिहासमा उल्लेख छ । त्यहीँबाट शाहवंशले राज संस्था सुरू गरेको बताइन्छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व