२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने

१५ कात्तिक,  काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने भएका छन् ।

युनाइटेडले खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक एरिक टान हागलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजिमा जुटेको थियो ।

त्यसका लागि युनाइटेडले स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्नका लागि सम्झौता गरेको  जनाइएको छ ।

युनाइटेडले स्पोर्टिङलाई १० मिलियन यूरो क्षतिपूर्ति दिने सहमति गरेको छ । जसमा आमोरिमका सहायक कर्मचारीहरूलाई समेत ओल्ड ट्राफोर्ड ल्याउन अतिरिक्त रकमको व्यवस्था गरिएको छ । यो सम्झौता आगामी बिहीबार सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

योजना अनुसार, आमोरिम स्पोर्टिङका लागि अर्को तीन खेलका लागि जिम्मेवारीमा रहनेछन् र त्यसपछि मात्र आगामी अन्तर्राष्ट्रिय ब्रेकमा म्यानचेस्टर युनाइटेडमा सामेल हुनेछन् ।

यसले उनको पहिलो खेल नोभेम्बर २४ मा इप्सविच टाउनविरुद्ध हुने प्रिमियर लिगको अवे खेल हुनेछ । इप्सविचका प्रबन्धक किरेन म्याकेना हुन्, जसलाई युनाइटेडले अघिल्लो सिजनको अन्त्यमा आफ्नो सम्भावित प्रशिक्षकको रूपमा विचार गरेको थियो ।

आमोरिमले स्पोर्टिङबाट पाँच सहायक कर्मचारीहरू सहित ओल्ड ट्राफोर्डमा जाने योजना बनाएका छन् । जसमा सहायक प्रशिक्षक कार्लोस फर्नान्डेज, एडेलियो क्यान्डिडो, इम्यानुएल फेरो, गोलकिपिङ कोच जर्जे भिटल र फिटनेस कोच पाउलो बारेरिया छन् । यसले स्पोर्टिङलाई थप कमजोर बनाउने चिन्ता छ । यी प्रमुख सहायकहरू बिना क्लबलाई नयाँ प्रशिक्षक खोज्नुपर्नेछ ।

आमोरिमले साढे २ बर्षको सम्झौतामा हस्ताक्षर गर्ने, र एक वर्ष थप्न विकल्प हुने भनिएको छ । तर, स्पोर्टिङबाट उनी नोभेम्बर ७ मा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्ने खेल अघि क्लब छोड्ने छैनन् ।

युनाइटेडका लागि आगामी तीन खेलहरूमा पूर्व–खेलाडी रुड भान निस्टलरोयले नेतृत्व गर्नेछन् । उनले चेल्सीविरुद्धको खेलका साथै युरोपा लिगमा ग्रीक क्लब पाओक र लीगमा लेस्टर सिटीसँगको खेलको नेतृत्व गर्ने छन् ।

हाल अन्तरिम प्रशिक्षक रहेका निस्टलरोयले आफूले टिमलाई कुनै पनि भूमिकामा सहयोग गर्न तत्पर रहेको बताएका छन् । उनले बिहीबार विहान सकिएको खेलमा कारबाओ कपमा युनाइटेडले लेस्टरसिटीमाथि ५–२ गोलको फराकिलो जीत दर्ता गरेको थियो ।

तर आमोरिमको स्टाफको ठुलो संख्यानै ओल्डट्राफोड आउने भएकाले निस्टलरोयको क्लबमै बस्ने सम्भावना भने कम देखिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected