१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार समाज

प्रहरीको कुकुर पूजा

१५ कात्तिक,  काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन् । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो ।

प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व