१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाज

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

१५ कात्तिक, गलेश्वर (म्याग्दी) । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ ।

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिएको थियो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोषवृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताए । पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उसले व्यक्त गरे ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व