११ पुष २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाज

कोडी गाक्पोको दुई गोलले लिभरपुल काराबाओ कपको क्वार्टरफाइनलमा

१५ कात्तिक,  काठमाडौं । लिभरपुलका फरवार्ड कोडी गाक्पोको दुई गोलको मद्दतले ब्राइटनलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

विहीबार विहान सकिएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन । तर, दोस्रो हाफको पहिलो मिनेटमै डच खेलाडी गाक्पोले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले बललाई कटिङ गर्दै भित्र ल्याई शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए ।

गोल भएपछि खेलमा थप रोमाञ्चकता आयो । लिभरपुलका गोलकिपर वीतेजस्लाभ यारोसले लिभरपुलका लागि आफ्नो पहिलो पूर्ण खेलमा सिमोन अडिङ्ग्राको हेडरलाई एक हातले उत्कृष्ट बचाउ गरेका थिए ।

ब्राइटनका इभान फर्गुसनले अवसर पाए पनि बार माथिबाट प्रहार गर्दै गोल गर्न चुके । अर्को सुनौलो मौका लिभरपुलले तीन खेलाडीको आक्रमणमा पाए । तर गाक्पोले स्वार्थी नबन्दै डोमिनिक सोबोस्ज्लाईलाई पास दिए, जसको प्रहार ब्राइटनका डिफेन्डरले ब्लक गरेका थिए ।

तारिक लाम्प्टीको गल्तीपछि गाक्पो बल लिएर बक्सभित्र छिरे र सहजै गोल गर्दै ६३ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए ।

ब्राइटनले खेलको अन्तिम समयमा आक्रामक खेलेको थियो । लिभरपुलको त्रुटिमा ८१ औं मिनेटमा अडिङ्ग्राले गोल गर्दै अन्तर कम गरेका थिए ।

तर, लुइस डायाजले ८५ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का जस्तै गरेका थिए । अन्तिम ९० मिनेटमा लाम्प्टीले डिफ्लेक्ट भएको बलमा गोल गरे पनि लिभरपुलले ३–२ को जीत पक्का गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected