२८ आश्विन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

उपाधिको धोको अधुरै, बंलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधी

१५ कात्तिक,  काठमाडौं । घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने सपना बोकेर मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न यस रोमाञ्चक फाइनल खेलमा बंगलादेशले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हरायो ।

यो जितसँगै बंगलादेशले २०२२ को साफ फाइनलमा नेपाललाई पराजित गर्दै जितेको पहिलो उपाधिलाई पुनः रक्षा गर्न सफल भएको छ । नेपालले भने छैटौं पटक साफको फाइनलमा पराजय भोग्नुपरेको छ ।

पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट रक्षात्मक खेल खेले, जसमा कुनै पनि गोल हुन सकेन ।

खेलको सुरुवातदेखि नै दुवै टोलीले बलियो आक्रमण गर्दै विपक्षी डिफेन्सलाई दबाबमा राखेका थिए ।

खेलको प्रारम्भिक १० मिनेटमा नै नेपाल र बंगलादेश दुवैको प्रहार क्रसबारमा लागेको थियो । खेलाडीहरूले उत्कृष्ट रणनीतिका साथ आक्रमण र रक्षामा योगदान दिए पनि गोलरक्षकहरूले लगातार उत्कृष्ट बचाउ गर्दै पहिलो हाफलाई गोलरहित बनाए ।

दोस्रो हाफमा खेलमा रोमाञ्चक मोड आयो। खेलको ५२औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै नेपालविरुद्ध १–० को अग्रता लियो ।

बंगलादेशकी खेलाडी मोनिका चक्माले नेपालको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रबाट सानदार प्रहार गरिन्, जसमा गोलरक्षक एन्जिलाले रोक्न नसकेपछि गोल भएको थियो । यो गोलसँगै बंगलादेशले खेलमा अग्रता लिएको थियो र दर्शकहरूले पनि चर्को समर्थन दिए ।

बंगलादेशको गोलपछि मात्र तीन मिनेटमै नेपालले बराबरी गोल गर्न सफल भयो ।  खेलको ५५औं मिनेटमा नेपालकी युवा स्ट्राइकर अमिशा कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई पुनः खेलमा फर्काइन् ।

प्रिती राईको मिडफिल्डबाट आएको सटीक पासमा अमिशाले विपक्षीको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरिन् र सानदार प्रहार गरी गोल गरिन् ।  यो गोलले नेपाली समर्थकहरूलाई नयाँ जोश थप्यो र खेल थप रोमाञ्चक बन्यो ।

खेलको अन्तिमतिर नेपाल र बंगलादेश दुवैले आक्रमणको गति बढाए । खेलको ८०औं मिनेटमा बंगलादेशले पुनः अग्रता लियो, जुन निर्णायक साबित भयो ।

बंगलादेशकी ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक एन्जिलाले बचाउन नसक्दा बल सिधै गोलमा परिणत भयो। एन्जिलाले एक हातले बललाई रोक्न प्रयास गरे तापनि गोल हुनबाट बचाउन असमर्थ भइन् ।

यो गोलले बंगलादेशलाई २–१ को अग्रता दिलायो, जसलाई अन्तिम समयसम्म कायम राख्न बंगलादेश सफल रह्यो ।  खेलको बाँकी समयमा नेपालले बराबरीको गोल गर्ने प्रयास जारी राख्यो, तर बंगलादेशको रक्षा पंक्तिले नेपाली आक्रमणलाई सफल हुन दिएन ।

यस जितसँगै बंगलादेशले साफ महिला च्याम्पियनसिपको लगातार दोस्रो उपाधि जित्न सफल भएको छ । २०२२ मा पनि बंगलादेशले नेपाललाई नै पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected