१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल स्तब्ध

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो ।

लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो ।

बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ४–० को शानदार जित हात पार्दा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लामिन यामाल र राफिन्हाले एक एक गोल गरेका थिए ।

पहिलो पटक एल क्लासिको खेलका केलियन एम्बाप्पेले गरेका २ गोल भारमार्फत रद्द भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ४ गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको थियो ।

३१ औं मिनेटमा एमबाप्पेले गरेको गोल अफसाइड भएको थियो । ‘यदि एम्बाप्पेको गोलले खाता खोलेको भए, खेलको दिशा परिवर्तन हुन सक्थ्यो ।

दोस्रो हाफमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामाल र राफिन्हाले एक एक गोल गर्दै जीत दिलाए ।

५४ औं मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले गोलको खाता खोल्दै अग्रता दिलाए । लगत्तै ५६ औं मिनेटमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता पनि दोब्बर पारे ।

६६ औं मिनेटमा पनि एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा रियल मड्रिड निराश भएको थियो ।

७७ औं मिनेटमा लामिन यामालले गोल गरेपछि पाहुनाटोली बार्सिलोना फराकिलो जीत तर्फ अग्रसर भएको थियो । ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज र शानदार जीत दर्ता गराए ।

जीत पछि बार्सिलोनाले ११ खेलबाट ३० अंक बनाएर आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ । साथै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ६ अंकले पछि छोडेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected