१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

फ्रिडम फाईटर, ठमेल दोस्रो भेट्रान्सको फाइनलमा

काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत शुक्रबार मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाईनल खेलमा फ्रिडम फाईटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको  छ ।

फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेज वहादुर गलामीले गोल गरेका हुन् । फ्रिडमका तेज वहादुर प्लेयर अफ द म्याच घोषित भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक पदमकृष्ण श्रेष्ठले पुरस्कृत गरे ।

त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले पराजित गर्यो ।

ठमेलका लागि भेषराज लिम्बु र अंकुर खड्गीले गोल गरे । ठमेलको अंकुर खडगी प्लेयर अफ द म्याच चुनिए । उनलाई बरिष्ठ फोटो पत्रकार श्याम चित्रकारले पुरस्कृत गरे ।

प्रतियोगिताको फाइनल खेल आइतवार दिनको २ः३० बजे फ्रिडम फाईटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलबिच हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected