१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

युरोपा लिगमा फ्राङ्कफटको कठिन जीत

९ कात्तिक, काठमाडौं । युइएफए युरोपा लिगमा इन्टरिज फ्राङ्कफर्टले लाटभियाली क्लब रिगास एफएस (आरएफएस)लाई १–० गोलको कठिन जित दर्ता गरेको छ ।

बिहीबार राति भएको खेलमा मुख्य प्रशिक्षक डिनो टपमोलरले बायर लेभरकुसेनसँगको २–१ को हारपछि आफ्नो टोलीमा चार परिवर्तन गरेका थिए ।

समर साइनिङ क्यान उजुनले आफ्नो पहिलो डेब्यु गरे भने ओरले एमेन्डा, मो डाहुड र इगोर मातानोभिक पनि सुरुवाती खेलाडीको रूपमा आएका थिए । आर्थर थिएटे, ह्युगो लार्सन, मारियो गोट्जे र ह्युगो एकिटिकेलाई विश्राम दिइएको थियो ।

फ्राङ्कफर्ट सिटी फरेस्टमा उपस्थित भएका समर्थकहरूले पहिलो हाफमा खासै रोचक खेल देख्न पाएनन् । फ्राङ्कफर्टले बल नियन्त्रण गरे पनि आरएफएसको उत्कृष्ट डिफेन्स गरेको थियो ।

खेलको १५औं मिनेटमा दुबै टिमले पहिलो अवसर पाएका थिए । जहाँ एडम मर्खियेभको प्रहार गोलको माथिबाट बाहिरियो भने अर्को छेउमा ओमार मर्मोसलाई गोलरक्षक फाब्रिस ओन्डोआले रोकिदिएका थिए ।

३३औं मिनेटमा मातानोभिकले लामो दूरीबाट प्रहार गरे पनि बल पोस्ट नजिकैबाट बाहिरियो । जुनियर डिना एबिम्बेले पनि सीधा गोलरक्षक ओन्डोआतर्फ प्रहार गरे । पहिलो हाफ गोलरहित अवस्थामा टुंग्एिको थियो ।

दोस्रो हाफको सुरुवातमा लार्सनलाई दाहुडको स्थानमा मैदानमा उतारियो र फ्राङ्कफर्टले थप आक्रामक खेल प्रदर्शन गर्न थाल्यो । खेलको ४८औं मिनेटमा तुताले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन ।

आरएफएसले काउन्टरमा केही मौका सिर्जना ग¥यो, जहाँ केभिन ट्रापले जानिस इकाउनिक्सको प्रयासलाई रोक्दै उत्कृष्ट बचाउ गरे । ७९औं मिनेटमा फ्राङ्कफर्टले गोलको खडेरी तोड्यो । मर्मोसले लार्सनलाई दिएको पासमा गोल भएको थियो ।

आरएफएसले तुरुन्तै बराबरीको मौका पाए पनि मार्कियेभको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यो जीतसँगै फ्राङ्कफर्टले तीन खेलमा सात अंक पुर्याएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected