६ पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित

८ कात्तिक, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित दर्ता गरेको छ ।

बिहीबार विहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जीतमा राफिन्हाले आफ्नो १०० औं खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।

चार वर्षअघि लिस्बनमा ८–२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । जहाँ बायर्नले बार्सिलोनाविरुद्ध २२–४ को गोल अन्तर बनाएको थियो । तर, यसपटक बार्सिलोनाले पुरानो इतिहासलाई तोड्दै बायर्नमाथि जीत निकालेको हो ।

खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, ह्यारी केनले बायर्नका लागि ६ औं मिनेटमा गोल गरे पनि भारले अफसाइड ठह¥यायो ।

त्यसपछि १८ औं मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।  ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५ औं मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।

५६ औं मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जीत दर्ता गर्न सफल भयो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected