२६ आश्विन २०८२, आईतवार
कर्णाली खेलकुद मुख्‍य समाचार समाज

खत्याडमा रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु

८ कात्तिक, मुगु । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ । सुईना कर्णाल मुगु, खत्याड गाउँपालिका– ३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यामिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ सुरु भएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकपमा फुटबल, महिला पुरुष भलिबल खेल सञ्चालन गरिने आयोजक स्रोतले जनाएको छ ।

प्रतियोगितमा फुटबल खेलमा ४७ वटा टिम, पुरुष भलिबल २१ टिम र महिला भलीबल ७ वटा टिम दर्ता भएको प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप आयोजक सुईना कर्णालीका अध्यक्ष अनिल बानियाँले जानकारी दिए ।

खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको र प्रतियोगितामा विजेता हुने फुटबल टिमलाई कप, मेडेल र प्रमाणपत्रसहित ६० हजार, उपविजेतालाई मेडल र प्रमाणपत्रसहित २० प्रदान गरिने छ ।

पुरुष, महिला भलिबलतर्फ विजेता हुनेलाई कप, मेडल र प्रमाणपत्रसहित ३० हजार र उपविजेतालाई मेडेल र प्रमाणपत्रसहित १० हजार प्रदान गरिने बताइएको छ । त्यसैगरी फुटबल, भलिबलतर्फ तेस्रो हुने टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गरीने अध्यक्ष बानियाँले बताए ।

त्यस्तै, खेल अविधभर सर्वोत्कृष्ट खेलाडीलाई मेडेल र प्रमाणपत्रले सम्मान गरिने छ । आज औपचारिक कार्यक्रम उद्घाटन गरिएको र भोलिबाट खेलकुदका कार्यक्रम सञ्चाल गरिने जनाइएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected