१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कायन र निम्ती च्याम्पियन

८ कात्तिक, काठमाडौं । कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ उमेरसमूहका सिंगल्समा बुधबार च्याम्पियन भएका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिताको यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा गुप्तालाई १०–५,७–१० र १२–१० को सेटमा हराइन् । पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी प्रदीप खड्कालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । उनले प्रदीपमाथि ६–४ र ६–३ ले हराएका हुन् । राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान घले र रितिक राणाले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रणवले प्रणव खनाललाई ६–२,६–४, आयुष्मान घलले निसान श्रेष्ठलाई ७–५, ६–० तथा रितिकले निहाल जंग राणालाई ६–४, ७–५ ले हराए । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको महिला सिंगल्समा अभिलाशा विष्ट र सुनिरा थापा सेमिफाइनलमा पुगेका छन् । अभिलाशाले आद्या पौडेलबाट वाक ओभर प्राप्त गर्दा सुनिराले भने समृद्धि महर्जनलाई ६–० र ६–३ ले हराइन् । पुरुष डबल्सको उपाधिका लागि प्रदीप खड्का र आयुष्मान घलेको जोडी र प्रणव खनाल र निहालजंग राणाको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।

गल्र्स यु–९ उमेरसमूहको सिंगल्समा नैरा घले र रजिशा जोशीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नैराले साहारा कायस्थलाई ४–०, ४–० तथा रजिशाले निम्तिी कुवँरलाई समान ४–२ को सेटमा हराइन् । गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्सको फाइनलमा सरा पन्त र नैरा घलेले प्रतिस्पर्धा गर्नेछन् । सराले ताभिशी राणालाई हराउँदा नैराले थिया श्रेष्ठलाई ६–४, ६–२ ले हराइन् ।  पुरुष ६५ वर्षमाथिको सिंगल्समा कमल थापा र ध्रुव गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा कमलले ज्ञानेन्द्र ताम्राकारलाई समान ४–० र ध्रुबले बिदुर बिष्टलाई ४–०, ४–१ ले हराए ।

कमल थापा पुरुष ५५ वर्षमाथिको सिगल्सको फाइनलमा पनि पुगेका छन् । उनले फाइनलमा मनोजविक्रम शाहसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कमलले उत्तम शेर्पालाई ६–०, ६–४, १०–८ को रोमाञ्चक सेटमा हराए । मनोजविक्रमले भने जीवन घिमिरेमाथि ०–६, ६–४ र १०–८ को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन् । पुरुष ३५ वर्षमाथि उमेरसमूहको डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले उपाधि भिडन्त गर्ने भएका छन् ।

पुरुष ४५ वर्षमाथि डबल्समा महेश क्षेत्री र मानबहादुर कटवालको जोडी तथा दिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी फाइनलमा पुगेका छन् । पुरुषकै ५५ वर्षमाथि डबल्समा जीवन घिमिरे र सुदर्शन बिष्टको जोडी, उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, मनोज राणा र दिगेन्द्र श्रेष्ठको जोडी तथा शिवप्रसाद सेढाईं र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected