१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

६ कात्तिक,  काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् ।

भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो ।

एलन मस्कले यसअघि लिलामी मोडेलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए । स्याटेलाइट इन्टरनेट सेवा विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो विकल्प भएकोले भारतमा यसको महत्त्व बढ्दै गएको छ ।

भारतको टेलिकम नियामकले अझै स्पेक्ट्रमको मूल्य घोषणा गरेको छैन, तर २०२५ सम्ममा दुई मिलियन ग्राहक पुग्ने अनुमान गरिएको छ । बजारमा मुख्य खेलाडीहरूमा मुकेश अम्बानीको रिलायन्स जियो अग्रपंक्तिमा छ, जसले लक्सेम्बर्ग–आधारित स्याटेलाइट अपरेटर एसईएस एस्त्रासँग साझेदारी गरेको छ ।

एलन मस्कको स्टारलिंकले तिव्र स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न लो–अर्थ अर्बिट स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले मध्यम–अर्थ अर्बिट (ःभ्इ) स्याटेलाइटहरू प्रयोग गर्छ, जुन तुलनात्मक रूपमा सस्तो हुने बताइएको छ ।

एलन मस्कले २०२१ देखि भारतमा सेवा सुरु गर्न चाहेका थिए, तर नियामक अवरोधका कारण ढिलाइ भएको थियो ।

मस्कको स्टारलिंकसँग विश्वभर ४ मिलियन ग्राहकहरू रहेका छन् । भारतमा उनको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने विश्लेषण गरिन्छ ।

यस प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यालाई इन्टरनेटको पहुँच छैन ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व