१२ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाज

एसी मिलानको च्याम्पियन्स लिगमा पहिलो जीत

६ कात्तिक, काठमाडौं । इटालियन क्ल्ब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जीत दर्ता गरेको छ ।

लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामा पहिलो तीन अंक दिलायो ।

खेलको ३४ औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६१ औं र ७१ औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को अग्रता दिलाए ।

८८ औं मिनेटमा १६ वर्षीय फ्रान्सेस्को कामार्दाले हेडरबाट गोल गरेपनि अफसाइडका कारण रद्द भयो ।

जसले युइएफए च्याम्पियन्स लिगमा नाम लेखाउने अवसर गुमाए । अन्ततः एसी मिलान ३–१ गोल अन्तरको पहिलो जीत दर्ता गर्न सफल भयो ।

च्याम्पियन्स लिगको अर्को खेलमा एसी मिलानले रियल मड्रिडसँग खेल्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected