२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

नेपाल संवत्लाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्छ : मन्त्री सिंह

६ काात्तिक, काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जनालाई शुभकामना व्यक्त गर्न चाहन्छु । आँउदै गरेको कार्यक्रमलाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नुपर्छ । प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनुपर्छ । व्यक्तिगत तर्फबाट र सरकारबाट हुनुपर्ने काममा सक्रिय रहने छु ।’

यस्तै, उनले नेपाल संवत्लाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्षलाई सफल पार्नको लागि सबैलाई आह्वान गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।