१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाज

नेपालमा वैकल्पिक शक्ति आवश्यक छ : डा.बाबुराम भट्टराई

५ काात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा वैकल्पिक शक्ति आवश्यक भएको बताएका छन् ।

सोमबार पोखरामा आयोजित पार्टीको प्रथम विधान अधिवेशनमा उनले उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पूराना भएको भन्दै अब सबै प्रकारले वैकल्पिक शक्ति आवश्यक भएको बताए ।

उनले भने, ‘उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पुरानो भयो । २१ औं शताब्दीले नयाँ विचार ल्याउनुपर्छ । भर्खर मात्रै लोकतान्त्रिक प्रक्रिया पूरा गरेर पुँजीवादी राजनीति आर्थिक चरणबाट समाजवादी चरणमा प्रवेश गरेको सन्दर्भमा अब वैकल्पिक शक्ति चाहिन्छ भनेर नै नयाँ शक्ति अभियान सुरु गरेका हौं ।

यसका साथै, उनले आफूले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम नगरेको बताए । उनले स्वार्थका लागि भविष्यमा पनि कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म सबैको अगाडि छाती फुलाएर बन्न चाहन्छु । बाबुराम भट्टराईले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम गरेन् । आज पनि गर्दैन् र भोलि पनि गर्दैन् । बाबुराम अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो कोहीसँग पैसा लिएर जनताको अहित हुने काम गर्यो भनेर प्रमाणसहित आउने हो भने म जेल जान तयार छु । फाँसीमा चढ्न तयार छु ।’

विधिको शासन, अर्थतन्त्र र अहिलेका पार्टीहरुको कब्जाबाट मुलुक बाहिर ननिस्किएसम्म सुशासन सम्भव नहुने उनको भनाइ थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व