२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

पोखरामा रवि लामिछानेको वयान, पृथ्वीचोकमा प्रदर्शन

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।

वयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् ।

उनलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । बयान सुरु भएसँगै उनका समर्थकहरुले प्रदर्शन पनि गरिरहेका हुन् । हिजो आइतबार भन्दा आज सोमबार प्रदर्शनकारीको संख्या भने कम छ ।

उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।