११ माघ २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाज

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह

४ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।

आइतबार  सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री  सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।

उनले  भने,  ‘मन्त्रीको  जिम्मेवारी दिइसकेपछि  १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको  छ । तर आउना साथ जादुको छडी कसैसँग  छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको  लागि समय लाग्ने गर्छ । तर  पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

साथै उनले  शहरहरु  व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए ।  उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे ।

उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । उनले मिडियामा समाचारहरु नराम्रो कामको  मात्र आउने  तर राम्रो  काम गरेको समाचार  नआउँदा दुःख लाग्ने गरेको  बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व