१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार समाज

विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

२३ असोज, काठमाडौं । विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।

सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको देखिएको हो । विभागका अनुसार  विगत पाँच वर्षको तथ्यांक हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको संख्या सबैभन्दा बढी छ ।

सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो संख्या युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, सिंगापुर, इन्डोनेशिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो ।

विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको संख्या छ । यूएई जानेको संख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ ।

सरकारले विदेश भ्रमणमा जानेलाई एकपटकमा दुई हजार पाँचसय अमेरिकी डलरसम्मको सटही सुविधा दिएपछि घुमघामका लागि सहज भएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व