११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

जेनेस सलुशनबाट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२२ असोज, काठमाडौं । बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले लियो क्लब अफ काठमाडौँ बिशाल बजारसंग सहकार्य गरी नुवाकोटस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

जेनेस सलुशनको काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारीहरुले उठाएको रकमबाट कापी, कलम, पेंसिल, इरेजर लगायतका शैक्षिक सामग्री किनेर कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ६ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।  लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एलका उपाध्यक्ष सुलभ थकालीले विद्यालयसम्म शैक्षिक सामग्री पुराउन सहयोग गरेका थिए ।

उक्त विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले शैक्षिक सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे।  उनले विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा आवश्यक रहेकाले अन्य दाताहरुलाई सहयोगका लागि आग्रह पनि गरे ।

जेनेस सलुशनले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सघाउने आफ्ना कर्मचारीहरु तथा लियो क्लब अफ काठमाडौँ बिशालबजारलाई हार्दिक धन्यवाद दिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व