२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

पोर्टो र म्यानचेस्टर युनाइटेडले बराबरी खेले

१८ असोज,   काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन्  ।

खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस रशफोर्डले सातौं मिनेटमा पोस्टको बायाँतर्फ गोल गर्दै खेलको खाता खोलेका थिए  ।

त्यसपछि रास्मस होजलुन्डले २० औं मिनेटमा दोस्रो गोल थप्दै युनाइटेडलाई २–० ले अगाडि बढाए । क्रिश्चियन एरिक्सन हुँदै  रशफोर्डले दिएको पासमा होजलुन्डले गोल गरेपछि खेलको २० मिनेटभित्रै युनाइटेडको अग्रता दोब्बर बनेको थियो । उक्त गोललाई भारले चेक गरेको थियो ।

तर, घरेलु टोली पोर्टोले दर्शकहरूको समर्थनमा चाँडै नै पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनायो  । २७ औं मिनेटमा पेपेले नजिकैबाट हेडर गोल गर्दै गरे । त्यसको सात मिनेटपछि (३४औं) जोआओ मारियोको उत्कृष्ट क्रसमा सामुले शक्तिशाली हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवातमै सामुले आफ्नो दोस्रो गोल थप्दै पोर्टोलाई अग्रता दिलाए । मासरावीले पेपेलाई अनसाइड खेल्दा, ब्राजिलियन स्ट्राइकरले दायाँतर्फबाट पास गर्दै गोलको अवसर सिर्जना गरे ।

पोर्टोको ऐतिहासिक जित नजिक जस्तो देखिएको थियो । तर म्यानचेस्टर युनाइटेडले अन्तिम समयमा पुनरागमन गर्दै खेल बराबरीमा पु¥यायो । ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै ब्रुनो फनान्डेज बाहिरिए पनि १० खेलाडीमा समेटिएको युनाइटेडले अन्ततः बराबरी गर्न सफल भयो  ।

प्रशिक्षक एरिक टेन हागले अन्तिम १० मिनेटमा जोनी इभान्स र ह्यारी म्याग्वायरलाई मैदानमा उतारे, जसमा म्याग्वायरले एरिक्सनको कर्नरमा हेड गोल गर्दै युनाइटेडलाई अन्तिम समयमा बराबरी गर्न सफल बनाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected