११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

गर्भवतीको हेलिकप्टरबाट उद्धार

१७ असोज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उसलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उसको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उसलाई उद्धार गरिएको हो ।

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व