११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

१७ असोज, बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।

“हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उसले भने, “विवरण सङ्कलन जारी छ ।” केन्द्रका प्रमुख सागर विष्टले भने ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व