१७ कार्तिक २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एस्टन भिल्लाको एतिहासिक जित

काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ । कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएल नुयरलाई चकित पार्दै गोल गरे, जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लालाई दुई खेलमा लगातार जित दिलायो ।

बायर्नले भिल्ला पार्कमा अपराजित यात्रा कायम राख्दै उच्च फर्ममा प्रवेश गरेको थियो । तर प्रशिक्षक उनाई एमरीको खेल योजनाले बायर्नलाई निरुत्साहित बनायो ।

७९ औं मिनेटमा  डुरानले म्यानुएल नोयरलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।

डुरानले पाउ टोरेसको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिएर नुयरलाई अगाडि नै छलेर लामो दूरीबाट गोल गरे ।

प्रिन्स विलियम पनि ४०,००० भन्दा बढी समर्थकहरूसँगै भिल्ला पार्कमा थिए, जसले भिल्लालाई प्रेरित गरे । पाँच वर्षअघि दोस्रो श्रेणीमा संघर्ष गरिरहेको एस्टन भिल्ला एमरीको नेतृत्वमा छोटो समयमा चमत्कारी रूपमा सुधारिएको छ ।

युवटोन ब्वाइजविरुद्धको ३–० को सहज जितपछि, ६ पटकको युरोपियन च्याम्पियन बायर्न म्युनिखको आगमन भिल्लाका समर्थकहरूको लागि विशेष क्षण बन्यो । बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले चोटको बाबजुद मैदानमा उत्रिएका थिए, तर एमरीको सुनियोजित रक्षात्मक रणनीतिले बायर्नलाई रोक्न सफल भयो ।

खेलको सुरुवाती समयमा बायर्नले बलको नियन्त्रण राखेको थियो, तर एस्टन भिल्लाको गोलरक्षक एमी मार्टिनेजले ह्यारी केनको हेडरलाई उत्कृष्ट बचाउ गरे ।

जोन डुरानको गोलपछि, खेलको अन्त्यसम्म बायर्न म्युनिखले बराबरीको लागि निकै प्रयास गरे । तर मार्टिनेजको शानदार बचाउले अन्त्यसम्म बायर्नलाई निराश बनायो ।

भिल्ला पार्क खेलअघि, खेलको क्रममा, र खेलपछि उत्साहले भरिएको थियो । मुख्य प्रशिक्षक उनाई एमरीले यस रातलाई क्लबका सबै सदस्यहरूका लागि अविस्मरणीय क्षणका रूपमा वर्णन गरे ।

एमरीले भने, ‘म हाम्रो समर्थकहरू, कोचहरू, मालिकहरू, र यहाँ काम गर्ने सबैका लागि धेरै खुशी छु । बायर्न म्युनिख जस्तो स्तरको टिमविरुद्ध खेल्नु र जित्नु एक महान उपलब्धि हो ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected