२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

सुरक्षा समिति बैठक : हवाइ उद्धार जारी राख्ने, सडक तत्काल खुलाइने

१४ असोज,काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उद्धार र राहतको प्रगति विवरण बिफ्रिङ गरेका थिए ।

बैठकमा बाढी , पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल र समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

अहिलेसम्म हवाई माध्यमबाट २५८ जनाको उद्धार गरेको जानकारी दिँदै उनले तीन जिल्लामा हवाई उद्धारको कार्य जारी रहेको जानकारी दिए ।

उनले भने, बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल गरेर त्यसको समिक्षा पनि गर्यौं ।  अहिलेसम्म हवाइ उद्धारबाट २५८ जना उद्धार भएको छ । मुलतः काभ्रे, सिन्धुपलाञ्चोक, ललितपुरमा हवाई माध्यमबाट उद्धार कार्य जारी राखिएको छ । रोशि खोलामा आएको पहिरोले अलपत्र परेका घाइते, बिरामी, अशक्तहरुलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ ।’

मुलुकका अन्य क्षेत्रमा समेत खोज, उद्धार र सडक व्यवस्थापनको कार्य रहेको उनले बताए । काठमाडौंसँग मुख्य सम्पर्क जोड्ने सडकहरु छिटो भन्दा छिटो खुलाउने विषयमा छलफल  भएको तिवारीले बताए ।

‘अन्य क्षेत्रमा समेत खोज र उद्धार कार्यलाई निरन्तरता दिइएको छ । काठमाडौंसँगको मुख्य सम्पर्क रहेको वीपी राजमार्ग धेरै नै विग्रिएको हुनाले सकेसम्म छिटो संचालन गर्नेगरि छलफल भएको छ,’ उनको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।