११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

जुम्लामा आज सार्वजनिक बिदा

१४ असोज, जुम्ला । जिल्लामा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने दिन प्रदेश सरकारले जुम्लामा मात्र एक दिन सार्वजनिक बिदा दिएको हो ।

चन्दननाथ मन्दिरको लिङ्गो तान्ने दिनका अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । मन्त्रालयले विज्ञप्तिमार्फत असोज १४ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का अवसरमा बिदा दिने जनाएको छ ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । यो मन्दिरमा बर्सेनि घटस्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन परापूर्वकालदेखि चलिआएको चन्दननाथ नगरपालिकाका स्थानीय बताउँछन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व