राताे कागज सवाददाता
11 महिना अघि

११ असोज, काठमाडौँ । एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो। एपीएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया